You are viewing the translated version of कर्जा लगानी.

Rule 16
कर्जा लगानी
(१) कोषले समितिले तोकेको सीमाभित्र रही वित्तीय संस्था वा सहकारी संस्था मार्फत लक्षित समुदायमा कार्यक्रमको लागि कर्जा लगानी गर्नु पर्नेछ ।
(२) कोषले उपनियम (१) बमोजिम कर्जा लगानी गर्दा लक्षित समुदायका युवा तथा साना व्यवसायीलाई विशेष प्राथमिकता दिनु पर्नेछ ।
(३) उपनियम (१) बमोजिम कोषले गरेको कर्जा लगानी अन्तर्गत कर्जा प्राप्त गर्ने तरिका, कर्जा रकमको सीमा, किस्ता बुझाउनु पर्ने अवधि, कर्जाको दर, कर्जा चुक्ता तथा साँवा फिर्ता भुक्तानी सम्बन्धी व्यवस्था समितिले निर्धारण गरे बमोजिम हुनेछ ।
(४) स्वरोजगार प्रवर्द्धनको लागि लक्षित समुदायलाई कर्जा लगानी गर्दा व्यक्तिगत वा सामूहिक जमानी वा परियोजना धितो लिन सकिनेछ ।
(५) कोषले आफ्नो शाखा कार्यालय मार्फत समितिले निर्धारण गरेको सीमासम्मको कर्जा लगानी, असुली लगायतका अन्य कार्यहरु गर्न वा गराउन सक्नेछ ।
(६) उपनियम (१) बमोजिम कर्जा लगानी गर्दा कोषले सम्बन्धित वडाको सिफारिस माग गर्न सक्नेछ ।
(७) यस नियम बमोजिम कोषले कर्जा लगानी गर्दा नेपाल सरकारबाट सहुलियतपूर्ण ब्याज अनुदान नपाएका व्यक्ति वा समूहमा दोहोरो नपर्ने गरी लगानी गर्नु पर्नेछ ।